आजदेखि ६०-६४ वर्षकालाई भेरोसेल खोप-Sutra News

आजदेखि ६०-६४ वर्षकालाई भेरोसेल खोप

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौं- सरकारले आज मंगलबारबाट मुलुकभर कोरोना भाइरसविरुद्धको खोप अभियान चलाउँदैछ ।



चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौं उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन लागेको हो ।

चीनसँग सिमाना जोडिएका स्थानीय तहमा १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा.झलक गौतमले बताए ।

यसअघिको निर्णयमा चीनसँग जोडिएका जिल्लाका १८ वर्षमाथिका नागरिकलाई नै खोप दिने निर्णय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट