बेरोजगारको संख्या २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान-Sutra News

बेरोजगारको संख्या २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

बेइजिङ- कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) ले जनाएको छ ।



आईएलओका निर्देशक गाय राइडकाअनुसार महामारी सुरुहुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको छ ।

बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ ।जुन् संयुक्त राष्ट्रसंघद्वारा निर्धारित १।९० डलर प्रतिदिनको अन्तर्राष्ट्रिय गरीबी रेखाभन्दा तल हो ।

सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ ।

न्यून आय भएको देशहरुमा रोजगारी गुमेका कारण परिवारमा गरीबी बढ्ने र त्यसको असर समाजिक सुरक्षामा पर्ने उनले चेतावनी दिए।

गरिब देशहरुमा जारी असमानताका कारण महिला र यूवाहरुको रोजगारीमा गम्भीर असर पर्ने आईएलओले जनाएको छ ।

गरिबी न्यूनीकरणका लागि विभिन्न उपाय अपनाएको देशहरुको प्रयासलाई पाँच वर्ष पछि धकेलेको पनि आईएलओको भनाइ छ ।

त्यसैगरी संयुक्त राष्ट्रसंघले महामारीले विश्व जगतमा देखिएको बेरोजगारीको संकट टार्न लामो समय लाग्ने बताएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट