प्रचण्डको साथ छोडेका रायमाझी भन्छन्- म फर्किन्न, माओवादी पनि फुट्दै छ-Sutra News

प्रचण्डको साथ छोडेका रायमाझी भन्छन्- म फर्किन्न, माओवादी पनि फुट्दै छ

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्रमा फर्किन लागेको समाचार झुठो भएको बताएका छन् ।



केही मिडियाले माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवम् कपोकल्पित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पदलोलुपताको कारण पार्टी विघटनको दिशामा अगाडि बढेको आरोप समेत लगाएका छन् ।

उनले भनेका छन्, ‘कुर्सी मोह, अस्थिरता, परिवारवादी एवम् भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवम् वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवम् विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ ।’

उनले सुशासन सहितको स्थिरतामार्फत मुलुकमा दिगो र चौतर्फी विकास एवम् समृद्धि तथा नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवम् विकासका लागि केपी शर्मा ओलीको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको समेत जानकारी दिएका छन् ।

उनले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका भ्रम एवम् षड्यन्त्रपूर्ण झांसामा नआउन अपिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट