सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ ।
आज मंगलवारको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने प्रस्ताव पेश गरेका छन् ।
मुख्यमन्त्री भट्टले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम उनले प्रदेशसभामा प्रस्ताव पेश गरेका हुन् ।
एमाले संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ ।
मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।
त्यस्तै मतसम्बन्धी प्रस्तावबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले तटस्थ भूमिका निर्वाह गर्ने भएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले ‘नो भोट’ को नीति लिने निर्णय गरेको हो ।
एमालेका सभामुखसहित २५ जना सांसद रहेको सभामा ओली पक्षका ७ र माधव नेपाल पक्षका १८ जना रहेका छन् ।