जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
राजदुत शफरले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री हस्तान्तरण गरेका छन् ।