भारतमा ह्वात्तै घटे कोरोना संक्रमित, दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम-Sutra News

भारतमा ह्वात्तै घटे कोरोना संक्रमित, दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम हुन लागेको छ ।



 पछिल्लो २४ घण्टामा भारतमा थप ८६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । थप ८६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भारतमा कुल संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप २ हजार १२३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । थप २१२३ जनाको ज्यान गए सँगै भारतमा हालसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ३०९ पुगिसकेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट