गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुबा गुरुङले आउँदो जेठ २७ गते विश्वासको मत लिने भएका छन् ।
सबैभन्दा ठूलो दलको हैसियतले गत वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन् ।
गुरुङले आफूले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा पेश गरेका छन् ।