इलाममा विषालु च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलामको सन्दकपुर गाँउपालिका १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राई रहेका छन् ।
त्यस्तै विषालु च्याउ खाँदा अरु २ जना बिरामी परेका छन् । बिरामी भएका ३५ वर्षीय वीरमान र उनको श्रीमती विष्णुकुमारीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।