माधव नेपाल पक्षलाई गोकुल बाँस्कोटाले ‘खरानी’ भनेपछि…-Sutra News

माधव नेपाल पक्षलाई गोकुल बाँस्कोटाले ‘खरानी’ भनेपछि…

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेका स्थायी समिति सदस्य गोकुल बाँस्कोटाले एमालेबाट १० जेठमा निकालिएका वरिष्ठ नेता माधव नेपाल पक्षलाई ‘खरानी समूह’को संज्ञा दिएका छन् ।



सेक्युरिटी प्रेस खरिद काण्डमा ७० करोड कमिशनमा मुछिएका पूर्वसञ्चार तथा सुचना प्रविधिमन्त्री बाँस्कोटाले फेसबुक पेजमार्फत नेपालपक्षीय नेताहरुलाई यस्तो आक्षेप लगाएका हुन् ।

‘विधि, पद्धती, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई,’ बाँस्कोटाले लेखेका छन्, ‘माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस, अग्रिम शुभकामना !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट