काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २०७५ साल जेठ २ गतेको पदाधिकारी र स्थायी समिति बैठक बोलाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीले आइतबार साँझ जारी गरेको एकतासम्बन्धी विज्ञप्तिमा जेठ ३ गतेपूर्वको अवस्थामा पार्टीलाई लैजानी भनी उल्लेख भएको विषयलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै पछिल्ला घटनाक्रमले अन्तर पार्टी संघर्ष पेचिलो देखिएको एक विज्ञप्तिमार्फत बताएका छन् ।
उनले एकताको पक्षमा उभिएका नेताहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको पनि उल्लेख गरेका छन् ।
उनले जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार पनि गर्न सकिन्छ भन्ने भएको जसलाई इमान्दार एकताको प्रयत्न मान्न नसकिने उल्लेख गरेका छन् ।
उनले २०७५ साल जेठ २ गते कायम रहेको दुई वरिष्ठ नेता, एक उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहित स्थायी समिति बैठक बोलाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका हुन् ।
विज्ञप्ति