फ्रान्सेली राष्ट्रपति म्याँक्रोलाई एक व्यक्तिले झापड हाने-Sutra News

फ्रान्सेली राष्ट्रपति म्याँक्रोलाई एक व्यक्तिले झापड हाने

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौं- फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले हातपात गरेका छन् । समाचार संस्था एएनआईकाअनुसार बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए ।



उक्त घटना लगत्तै राष्ट्रपति म्याँक्रोको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।

फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको जनाउँदै राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट