आजको मौसम पूर्वानुमान, यी ठाउँहरुमा छ चट्टयाङ्ग सहित वर्षाको संभावना-Sutra News

आजको मौसम पूर्वानुमान, यी ठाउँहरुमा छ चट्टयाङ्ग सहित वर्षाको संभावना

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।



अहिले देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो  देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट