फ्रान्सले बुल्गेरियालाई ३-० ले हरायाे-Sutra News

फ्रान्सले बुल्गेरियालाई ३-० ले हरायाे

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौं- युरोकप फुटबलको तयारीमा रहेको फ्रान्सले मैत्रीपूर्ण फुटबल खेलमा शानदार जित हात पारेको छ ।



मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियालाई ३-० ले पराजित गरेको हो । फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे ।

साविक विश्व विजेता फ्रान्स युरोकप २०२० को समूह एफ मा छ । उसले जुन १५ मा पहिलो खेलमा जर्मनीको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट