बाबुरामलाई कमल थापाले भने- राष्ट्रियताको विषयमा छद्म शैलीमा होइन, स्पष्ट पार्नुहोस्-Sutra News

बाबुरामलाई कमल थापाले भने- राष्ट्रियताको विषयमा छद्म शैलीमा होइन, स्पष्ट पार्नुहोस्

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रियताकबारे पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एक टेलिभिजन अन्तर्वार्तामा भनेको कुरा स्पष्ट पार्न आग्रह गरेका छन् ।



डा.भट्टराईको भनाइ राखेर सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष थापाले भने, ‘देश र जनताविरुरूद्ध देशी विदेशी शक्तिबाट गम्भीर षडयन्त्र भैरहेको सूचना पाएको डा.भट्टराईले वताएका छन् ।’ स्पष्ट पार्न आग्रह गर्दै कमल थापाले डा.भट्टराईलाई थप भनेका छन्, ‘यस्तो संवेदनशील विषयलाई अमूर्त/छद्म शैलीमा होइन, जनताले बुझ्ने गरि स्पष्ट पार्न आग्रह छ । डा.भट्टराईको प्रोपगण्डा होइन र साच्चै नै षडयन्त्र भएको छ भने त्यसलाई विफल पार्नु सबैको कर्तव्य हो ।’

देश र जनता बिरूद्ध देशी बिदेशी शक्तिबाट गंभीर षडयन्त्र भैरहेको सूचना पाएको @brb1954ले वताएका छन्।यस्तो सम्वेदनशील विषयलाई अमूर्त/छद्म शैलीमा होईन,जनताले बुझ्ने गरि स्पष्ट पार्न आग्रह छ।@brb1954को प्रोपगण्डा होईन र साच्चै नै षडयन्त्र भएको छ भने त्यसलाई विफल पार्नु सबैको कर्तव्य हो

— Kamal Thapa (@KTnepal) June 8, 2021

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट