काठमाडाैं- धादिङको मैदीमा मलामी गएका तीन युवा बुढीगण्डकीमा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार उनीहरू मंगलबार मलामी गएका थिए । गर्मी भएपछि नुहाउन नदीमा पसेका थिए ।
नुहाउन नदीमा गएका चार जना बगेका थिए । उनीहरूमध्ये एक जना बाहिर आउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले बताए ।
प्रवक्ता भण्डारीका अनुसार, ज्वालामुखी गाउँपालिका-२ ठूलो चौरका २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली बेपत्ता भएका छन् । उनीहरूको खोजी जारी रहेको भण्डारीले बताए ।