एकाबिहानै बस र लोडर ठोक्किएर १७ को मृत्यु-Sutra News

एकाबिहानै बस र लोडर ठोक्किएर १७ को मृत्यु

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौं– भारतको उत्तरप्रदेशस्थित कानपुरमा बुधबार बिहान यात्रुवाहक बस र लोडर एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।



बस लखनउबाट दिल्ली गइरहेको र तीव्र गतीमा रहेको भारतीय प्रहरी अधिकारीले बताएका छन् । मृत्यु हुनेमा अधिकांश मजदुर रहेका छन् । बिस्कुट कम्पनीमा काम गर्ने उनीहरु लोडरमा चढेर गइरहेका थिए ।

दुर्घटनामा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुस्ख व्यक्त गरेका छन् । उनले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई/दुई लाख दिने घोषणा गरको छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट