काठमाडौं- कैलालीमा साथीको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका-२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका-का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने साथीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बस्नेतलाई उनीसँगै बस्दै आएका धनगढीका ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार बुढाथोकीको टाउकोमा चोट लागेको अवस्थामा २४ जेठमा कोठामै मृत फेला परेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।