योगेश भट्टराई भन्छन्- पार्टी एकताका लागि शीर्ष नेताहरू नै बाधक-Sutra News

योगेश भट्टराई भन्छन्- पार्टी एकताका लागि शीर्ष नेताहरू नै बाधक

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले शीर्ष नेताहरू नै एकताको बाधक बनेको भन्दै असन्तुष्टि जनाएका छन् । अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल नै पार्टी एकताको समस्याका रूपमा देखापरेका भट्टराईको टिप्पणी छ ।



‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने’, भट्टराईले फेसबुकमा लेखेका छन् ।

कसले किन र केका लागि यो सबै गर्दैछ भनी उनले प्रश्न पनि गरेका छन् । ‘एमाले एकताको समस्याको मूल जड यहीँ छ । यस विषयमा कमरेडहरूबीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ’, भट्टराई भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट