ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्छः डा.भट्टराई-Sutra News

ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्छः डा.भट्टराई

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा डा.भट्टराईले यस्तो बताएका हुन् ।



उनले भनेका छन्, ‘भनिन्छ कुनै पनि संकट नयाँ सम्भावना लिएर आउँछ। ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ ।’

डा.भट्टराईले ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ जस्तै हुने तर्क गरेका छन् । उनले सबैलाई नयाँ ढंगले सोच्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले गरेका संसद् विघटनलगायतका कामलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा (यादव–डा.भट्टराई पक्ष) र केही साना दलले ‘प्रतिगमन’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट