काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भइसकेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री ओली पदमुक्त भइसकेको तथा देउवालाई प्रधानमन्त्रीको सपथका लागि ढोका खोलिदिनुपर्ने जिकिर गरेका हुन्।
संवैधानिक इजलासमा उनले भने, ‘३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा छ । विश्वासको मत पाउन सक्दिन भनिसकेकोले केपी ओलीजी पदमुक्त भइसक्नुभयो ।’
त्यस्तै उनले पदमुक्त भएको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको हुनाले अन्तरिम आदेश जारी गर्नुपर्ने तर्क गरेका छन् ।