काठमाडौँ । संवैधानिक इजलासमा कानुन व्यवसायीहरुले बहस गरेपछि न्यायाधीशहरु आन्तरिक बहसमा जुटेका छन् ।
आजको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भइसकेको बताएका थिए । प्रधानमन्त्री पदमुक्त भइसकेको हुनाले अब नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको लागि बाटो खोलिदिनुपर्ने उनको जिकिर थियो ।
त्यस्तै उनले पदमुक्त भएको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको हुनाले अन्तरिम आदेश जारी गर्नुपर्ने तर्क गरेका छन् ।
छलफलपछि फेरि बहस सुरु हुनेछ ।