निषेधाज्ञामा घरमै बसेर लिए २० जनाले पान नम्बर-Sutra News

निषेधाज्ञामा घरमै बसेर लिए २० जनाले पान नम्बर

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

आन्तरिक राजश्व कार्यालयबाट बन्दाबन्दीको समयमा बीस जनाले घरमा बसेर पान नं लिएका छन् । बन्दाबन्दीका कारण हिँड्डुल गर्न नपाएका, व्यापार व्यवसायका लागि अति आवश्यक परेका व्यक्तिले घरमा बसेर इन्टरनेटमार्फत पान नं लिएका हुन् । 



कार्यालयको वेबसाइट खोलेर आवेदन दिन सकिन्छ । आवेदकले ट्याक्स पे पोटलमा गएर आफ्ना आवश्यक कागजात अपलोड गरी पठाएपछि कार्यालयका अधिकृतले जाँचेर प्रमाणित भए पान नं उपलब्ध हुने सो कार्यालयले जनाएको छ । 

बनेको पान नं पुनः सम्बन्धित व्यक्तिको म्यासेन्जर वा इमेलमा पठाई सहयोग गरिएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । तत्काललाई नं मात्रै चाहिने कार्यका लागि यसरी काम गरिएको छ । प्रमाणपत्र चाहिएमा कार्यालय खुलेको समयमा आएर लैजान सकिने व्यवस्था मिलाइएको छ । 

दोस्रो लहरको भेरियन्टसहितको कोरोनाबाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालयले गते वैशाख २२ गते रातिदेखि बन्दाबन्दीको आह्वान गरेपछि जिल्लाका सबै व्यवसाय ठप्प छन् । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट