कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज-Sutra News

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गत शुक्रवार स्वास्थ्यमा समस्या भएपछि गंगालाल अस्पताल भर्ना भएका श्रेष्ठ आज बिहान ११ बजे डिस्चार्ज भएको पारिवारिक स्रोतले जनाएको छ ।  



उनलाई गंगालाल भर्ना गरेरे एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो ।

श्रेष्ठलाई सोमबार डिलक्स रुममा सारिएको थियो । श्रेष्ठ केही दिनअघि मात्र कोरोना संक्रमणमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट