लिम्पियाधुरा नसमेटिएको नक्सा भएको पाठ्यपुस्तक जफत गर्ने सरकारको निर्णय-Sutra News

लिम्पियाधुरा नसमेटिएको नक्सा भएको पाठ्यपुस्तक जफत गर्ने सरकारको निर्णय

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

सरकारले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएको छ।



बुधबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा नसमेटिएको नक्सा छापिएको पुस्तकलाई जफत गर्न निर्देशन दिएका हुन् ।

नेपालका केही प्रकाशकहरुले पुरानै नक्सा प्रयोग गरेर पुस्तक छापेको थाहा पाएपछि उनले यस्तो निर्देशन दिएका हुन् ।

त्यस्तै उनले पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई कानुन अनुसार अनुसार कडा कारबाही गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट