नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई हरेक एकदिवसीय खेलबापत जनही १० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
मंगलवार बसेको बोर्ड बैठकले एकदिवसीय खेलबापत जनही १० हजार र टी–ट्वान्टीबापत पाँच हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
क्यानले जिल्ला र संघलाई पनि प्रशासनिक खर्च दिने निर्णय गरेको क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिएका छन् ।