दक्षिण कोरियाका नेपालीद्वारा आविष्कार केन्द्रलाई अक्सिजन सिलिण्डर सहयोग-Sutra News

दक्षिण कोरियाका नेपालीद्वारा आविष्कार केन्द्रलाई अक्सिजन सिलिण्डर सहयोग

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमता भएको १० ओटा अक्सिजन सिलिन्डर सहयोग गरेको छ । संस्थाका अध्यक्ष रविप्रताप घिसिङ लगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेको हुन् । वाग्मती प्रदेश एकता समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीहरू माझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो । दुई हप्ताको अवधिमा १९ लाख ५१ हजार कोरियन वन सङ्कलित भएको थियो । उक्त रकममध्येबाट १० ओटा अक्सिजन सिलिन्डर खरीद गरिएको हो ।



राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट निमित्त प्रमुख किशोर रिमालले उक्त सामग्री स्वीकार गर्दै सहयोग गरेकामा दक्षिण कोरियाका नेपालीलाई धन्यवाद व्यक्त गर्नुभएको संस्थाका अध्यक्ष घिसिङले बताए । सहयोग वितरण कार्यमा संस्थापक यदुकुमार गिरी, चित्रबहादुर मोक्तान लगायतको उपस्थिति थियो । अक्सिजन सिलिन्डर खरीद पश्चात् बाँकी हुने रकम पनि कोरोना पीडितहरूकै लागि खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट