प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आउने भदौ महिनामा नै पार्टीको महाधिवेशन हुने बताएका छन् ।
बुधवार एक वक्तव्य जारी गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताएका छन् । ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो’ उनले भनेका छन् ।
हेर्नुहोस् विज्ञप्ति: