काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार २ बजे बस्ने सभामुखका संचार विज्ञ श्रीधर न्यौपानेले बताएका छन् ।