प्रदेश २ को लोकसेवा आयोगले २८ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।
बिहीबार एक सुचना सार्वजनिक गर्दै आयोगले उपसचिवसहित २८ कर्मचारी माग गरेको हो ।
प्रदेश २ लोकसेवा आयोगका अनुसार अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन खोलिएको छ ।
दरखास्त बुझाउनका लागि आयोगले असार १६ सम्मको समय तोकेको छ त्यस्तै २३ गतेसम्म दोब्बर दस्तुर तिरेर भर्न सकिनेछ ।