यी हुन् आज थपिने ८ मन्त्री, सपथ ४ बजे हुने-Sutra News

यी हुन् आज थपिने ८ मन्त्री, सपथ ४ बजे हुने

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।



खगराज अधिकारी गृहमन्त्री बन्ने पक्कापक्की रहेको बालुवाटार स्रोतले सूत्रन्यूजलाई बतायो । 

त्यस्तै नारदमुनी राना वनमन्त्री, मोहन बानिया बिनाविभागीय, नैनकला थापा सञ्चारमन्त्री, ज्वालाकुमारी शाह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्री बन्ने भएका हुन् । 

यो ओलीले गर्न लागेको १९ औं मन्त्रिपरिषद बिस्तार हो । 

मन्त्रीहरूको सपथ आजै ४ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट