बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिए अनशन बस्ने डा.केसीको चेतावनी-Sutra News

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिए अनशन बस्ने डा.केसीको चेतावनी

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

डा.गोविन्द केसीले बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिए अनशन बस्ने चेतावनी दिएका छन् ।



बिहीबार विज्ञप्ति जारी गरी केसीले सम्बन्धन दिए अनशन बस्ने चेतावनी दिएका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीको गुण्डाराजलाई साथ दिने जो कसैलाई पनि जवाफदेही बनाउन हामीले कुनै कसर बाँकी राख्नै छैनौं,’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल म द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरूमा सेवा दिएर नेपाल फर्कने क्रममा छु। चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत जबरजस्ती सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरूद्ध सत्याग्रह सुरू गर्ने जानकारी गराउन चाहन्छु ।’

बिएन्डसी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन अघि बढाउन सिफारिस गरेपछि त्यसबारे निर्णय लिन आयोगको बैठक छिट्टै नै बस्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट