निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’की धर्मपत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छन् ।
यसअघि गृहमन्त्री रहेका बादललाई सर्वोच्च अदालतले बर्खास्त गरिदिएको थियो ।
त्यसपछि पूर्व माओवादी समूहबाट ३ जना मन्त्री बन्नुपर्ने आवाज बादलले उठाउदै आएका थिए ।
बादलले दिएको दबाब स्वीकार्दै प्रधानमन्त्री ओलीले बादलपत्नी थापालाई सञ्चारमन्त्री बनाउने भएका हुन् ।
थापासँगै ज्वाला शाह पनि मन्त्री बन्दैछन् । शाह पनि बादलनिकट नेत्री हुन् ।