खनाल-नेपाल समूहका नेता पहाडीलाई मन्त्री बनाउँदै ओली-Sutra News

खनाल-नेपाल समूहका नेता पहाडीलाई मन्त्री बनाउँदै ओली

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

एमालेका माधवकुमार नेपाल पक्षमा रहेका गणेश पहाडीलाई प्रधानमन्त्री ओलीले सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री बनाउने भएका छन् ।



यससँगै पहाडीले नेता नेपालको साथ छोडेको चर्चा भइरहेको छ । उनलाई बालुवाटारबाट अपराह्न ४ बजे सपथ खान आउनु भनी फोन आएको थियो ।

एमालेभित्रको अन्तरविरोधमा नेता नेपाल समूहमा रहेका पहाडीलाई ओलीले आफूतिर लाग्ने शर्तमा मन्त्री बनाउने भएका हुन् ।

प्रतिनिधि सभा विघटनपछि पहाडीले निरन्तर नेपाल समूहलाई साथ दिएका थिए । तर सिन्धुली-१ बाट निर्वाचित पहाडीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर भने गरेका थिएनन् । 

पहाडी प्रभावशाली नेता भने होइनन् । ओलीले नेपाल समूहका नेताहरूलाई लोभ्याउनकै लागि ८ मन्त्रालय आफूसँग राखेका थिए ।

तर नेपाल पक्षले ओलीको आह्वानलाई सकारात्मक रूपमा नलिएपछि ओलीले अन्य नेताहरूलाई तानेको बताइन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट