विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने भएका छन् ।
प्रदेश सभा बैठकमा बोल्दै दुई पार्टीहरुले आफु विपक्षीमा रहेको बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाए संविधानअनुसार अगाडी बढ्ने बताएका छन् ।
‘विश्वासको मत पाए नीति तथा कार्यक्रम र बजेट पेश गर्छु, उनले भने, ‘अन्यथा संविधानको व्यवस्था अनुसार अगाडि बढ्छु।’
उनले आजको प्रदेश सभाको बैठकमा आफ्नो ३९ महिनाको उपलब्धिहरु पनि सार्वजनिक गरेका थिए ।
प्रदेशसभामा विश्वासको मत लिन असफल भएमा मुख्यमन्त्री गुरुङ पदमुक्त हुनेछन् ।