मुस्लिम आयोगका पूर्व सदस्य मियाँको निधन-Sutra News

मुस्लिम आयोगका पूर्व सदस्य मियाँको निधन

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

मुस्लिम आयोगका पुर्व सदस्य रफिक मियाँको निधन भएको छ ।



तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको बिहीवार बिहान ५ बजे निधन भएको हो ।

मियाँ नेपाली कांग्रेसका वडा सभापति समेत हुन् । बुधवार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताएका मियाँको बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

‘राति अलि पेट पोल्यो पनि भन्दै हुनुहुन्थ्यो, अचानक मृत्यु भयो,’ पारिवारिक स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट