बेवारिसे अवस्थामा गैँडाको खाग फेला-Sutra News

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

पूर्वी चितवनको कालिका नगरपालिकामा गैंडाको खाग भेटिएको छ ।



डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग वेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए । कालिका नगरपालिका वडा नम्बर १ को चतुर्मुखि सामुदायिक वनको संरक्षित वन क्षेत्रमा ८ दशमलब ५ इन्च लामो ४ सय ४५ ग्रामको खाग भेटिएको हो ।

भेटिएको खागलाई सुरक्षित रुपमा वन कार्यालयमा ल्याईएको छ । सामुदायिक वनका प्रतिनिधि र वन कार्यालयका प्रतिनिधिको रोहोवरमा मुचुल्का उठाई खाग ल्याइएको र सो खागलाई आजै चितवन राष्ट्रिय निकुञ्जमा पठाइने उहाँले जानकारी दिए ।

गैंडा एक आपसमा जुधेर खाग भाँचिएको हुन सक्ने अनुमान कार्यालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट