पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।
एमालेका प्रदेश सचिव राजेन्द्र रावलका अनुसार उनीहरुलाई मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेस गर्न समय दिइएको छ ।
तोकिएको समयमा चित्तबुझ्दो जवाफ नआए पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिने पत्रमा उल्लेख छ ।
यस्तो छ पत्र: