गण्डकीमा ढल्यो एमाले सरकार : पक्षमा २७, विपक्षमा ३०-Sutra News

गण्डकीमा ढल्यो एमाले सरकार : पक्षमा २७, विपक्षमा ३०

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएका छन् । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् ।



उनको पक्षमा २७ मत खसेको थियो भने विपक्षमा ३० मत खसेको थियो । त्यस्तै मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहेका थिए ।

उनी मुख्यमन्त्री पदबाट हटेपछि गत वैशाख २९ गते उनी पुन मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका थिए ।

मुख्यमन्त्रीमा पुन नियुक्त भएका गुरुङले संवैधानिक नियमअनुसार विहीबार विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए ।

अब १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट