प्रधानमन्त्री ओलीविरुद्धको ‘चार भाइ’ गठबन्धन सक्रिय, बुढानीलकण्ठमा छलफल-Sutra News

प्रधानमन्त्री ओलीविरुद्धको ‘चार भाइ’ गठबन्धन सक्रिय, बुढानीलकण्ठमा छलफल

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धन बनाएका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच देउवानिवास बुढानीलकण्ठमा छलफल चलिरहेको छ ।



ओलीले बिस्तार गरेको मन्त्रिमण्डलका सदस्यहरूले सपथ लिंदै गर्दा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै गर्दा विपक्षी गठबन्धन सक्रिय भएको छ ।

छलफलमा समसामयीक राजनीतिक परिस्थितिका बारेमा कुराकानी भइरहेको बुढानीलकण्ठ स्रोतले जनाएको छ । छलफल ४ बजेतिर शुरू भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट