नेपाल पक्षका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश-Sutra News

नेपाल पक्षका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

काठमाडौं- कर्णाली प्रदेशसभाका एमाले माधव नेपाल पक्षका चार जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।



पार्टी निर्णय विपरीत फ्लोर क्रस गरेर माओवादीका महेन्द्रबहादुर शाहीलाई मतदान गरेको अभियोगमा उनीहरुलाई कारबाही गरिएको थियो । 

सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले पार्टी र प्रदेशसभाको निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले पहिलो सुनुवाई मै अन्तरिम आदेश दिएको हो ।

‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय समितिबाट निर्णय भएको नदेखिइ प्राकृतिक न्यायको सिद्धान्त र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ (२) (३) को भावनाको प्रतिकूल देखिएको सन्दर्भमा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटिले गरेको मिति २०७८/०१/१० मा बसेको दोस्रो बैठकको निर्णय भनी‘ । सो आधारमा निर्वाचन आयोगलाई गरेको पत्राचार कार्यान्वयन नगर्नू, नगराउनू र निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा यथावत काम गर्न दिनू ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट