sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

ढुंगा, गिट्टी, बालुवाको निकासी गर्ने निर्णय फिर्ता लिन ट्रान्सरेन्सी इन्टरनेशनलको माग

ढुंगा, गिट्टी, बालुवाको निकासी गर्ने निर्णय फिर्ता लिन ट्रान्सरेन्सी इन्टरनेशनलको माग

images

सुत्र न्यूज

२७ जेठ २०७८
  • 88
    SHARES
  • काठमाडौं- ट्रान्सरेन्सी इन्टरनेशनल नेपालले आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको बुँदा नं १९९ फिर्ता लिन सरकारसँग माग गरेको छ । सो बुँदामा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ’ भन्ने उल्लेख छ ।

    उल्लेखित विषयमा आफ्नो ध्यानआकृष्ट भएको जनाउँदै सो सस्थाले आज विज्ञप्ति प्रकाशित गरी सो माग गरेको हो । ‘यस बुँदाका सम्बन्धमा विभिन्न विज्ञहरूले विभिन्न सञ्चारमाध्यमबाट चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवा दोहन कार्यले त्यस क्षेत्रमात्र नभै नेपालको सम्पूर्ण तराई क्षेत्रमा नै वातावरणीय समस्या आउने र यसले जलवायुमा पनि प्रतिकूल असर पुु¥याई डरलाग्दो बाढीपहिरो र तराईका खेत कटानसमेतको जोखिम बढाउने, तापक्रम बढाउने, बालुवा बगाई तराईको उर्बरभूमिलाई बन्जर अर्थात् मरुभूमीकरण गर्ने र अन्ततः यस दोहन कार्यले पर्यावरणीय इकोसिस्टम र जैविक विविधतामा नै प्रतिकूल प्रभाव पार्ने कुराहरू आएका छन् । चुरे दोहनले नेपाललाई मात्रै होइन, छिमेकी देश भारतको गंगा बेसिन क्षेत्रमा समेत नकारात्मक असर पु¥याउन सक्ने देखिन्छ,’ ट्रान्सरेन्सी इन्टरनेशनलका अध्यक्ष पद्मिनी प्रधानाङ्गद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

    चुरेको खोंच र भावर क्षेत्रमा अवैध र अनियन्त्रित हिसाबले चलेका क्रसर उद्योगहरूबाट अत्यधिक दोहन भइ मुलुकको पर्यावरण बिग्रिएको पनि विज्ञप्तिमा जनाइएको छ ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - २०:५३:०८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.