काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीबार सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन् ।