काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) लाई पदमुक्त गरेका छन् ।
बिहीबार विश्वासको मत नपाएपछि सरकार काम चलाउमा सीमित भएको छ ।
गुरुङले उनले मनाङेलाई पदमुक्त गरिएको पत्र प्रदेशप्रमुखलाई पठाएका छन् । बहालवाला मन्त्री भएर पनि विश्वासको मत नदिएपछि मनाङेलाई गुरुङले पदमुक्त गरेका हुन् ।
बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने क्रममा मतदानका बखत मनाङे प्रदेशसभामा अनुपस्थित थिए ।
मनाङेले सम्हाल्दै आएको युवा तथा खेलकुद मन्त्रालय अब आफैंले सम्हाल्ने गुरुङले प्रदेश प्रमुखलाई पठाएको पत्रमा उल्लेख छ ।
यता मनाङेले भने आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।