काठमाडौंमा रोकियो खोप अभियान-Sutra News

काठमाडौंमा रोकियो खोप अभियान

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाले खोप अभाव भएको जनाउँदै कोरोनाविरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ ।



महानगरले यही जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले भने, ‘स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट शुक्रबारदेखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।’

तीन दिनका अवधिमा सो उमेर समूहका करिब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले महानगरलाई ३२ हजार मात्रा खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट