देश गम्भीर संकटतिर उन्मुख छः डा.भट्टराई-Sutra News

देश गम्भीर संकटतिर उन्मुख छः डा.भट्टराई

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले देश गम्भीर संकटतिर उन्मुख भइरहेको दोहोर्याएका छन् ।



पछिल्लो समय देशका विषयमा गम्भीर सूचना आफूले थाहा पाएको दाबी गर्दै आएका बाबुरामले सांकेतिक रूपमा मात्रै त्यतर्फ इंगित गरेका छन् । विकसित राजनीतिक घटनाक्रमले त्यसतर्फ बल पुगेको डा.भट्टराईको ठहर छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले अहिलेको अवस्थामा सबै देशभक्त र अग्रगामी सोच राख्ने नेपालीले यतिमात्रै बुझ्नुपर्ने र सबै प्राविधिक कुरा खोतल्न नहुने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘अनावश्यक शंकाउपशंका र आरोपप्रत्यारोप गरेर षड्यन्त्रकारीहरूलाई बल पुर्याउनुहुन्न । देश गम्भीर संकटतिर उन्मुख छ । राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्रको रक्षानिम्ति एक हौं ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट