sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

देश गम्भीर संकटतिर उन्मुख छः डा.भट्टराई

देश गम्भीर संकटतिर उन्मुख छः डा.भट्टराई

images

सुत्र न्यूज

२८ जेठ २०७८
  • 210
    SHARES
  • काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले देश गम्भीर संकटतिर उन्मुख भइरहेको दोहोर्याएका छन् ।

    पछिल्लो समय देशका विषयमा गम्भीर सूचना आफूले थाहा पाएको दाबी गर्दै आएका बाबुरामले सांकेतिक रूपमा मात्रै त्यतर्फ इंगित गरेका छन् । विकसित राजनीतिक घटनाक्रमले त्यसतर्फ बल पुगेको डा.भट्टराईको ठहर छ ।

    पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले अहिलेको अवस्थामा सबै देशभक्त र अग्रगामी सोच राख्ने नेपालीले यतिमात्रै बुझ्नुपर्ने र सबै प्राविधिक कुरा खोतल्न नहुने बताएका छन् ।

    शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘अनावश्यक शंकाउपशंका र आरोपप्रत्यारोप गरेर षड्यन्त्रकारीहरूलाई बल पुर्याउनुहुन्न । देश गम्भीर संकटतिर उन्मुख छ । राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्रको रक्षानिम्ति एक हौं ।’

     


    प्रकाशित :जेठ २८, २०७८ शुक्रवार - ०८:०८:१९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.