फ्रान्सेली राष्ट्रपतिलाई थप्पड हान्नेलाई चार महिना कैद-Sutra News

फ्रान्सेली राष्ट्रपतिलाई थप्पड हान्नेलाई चार महिना कैद

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

काठमाडौं- फ्रान्सको एक अदालतले राष्ट्रपति इमानुएल म्याक्रोंलाई सार्वजनिक स्थलमै थप्पड हान्ने व्यक्तिलाई चार महिना कैद सजाय तोकेको छ ।



अदालतले १८ महिनाको जेल सजाय सुनाए पनि १४ महिना निलम्बन गरिएको छ । साथै कुनै पनि सार्वजनिक पद धारण गर्न र पाँच वर्षसम्म हतियार राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

मध्ययुगीन इतिहासका समर्थक २८ वर्षीय डेमियन तरेलले मंगलबार राष्ट्रपति भ्रमणमा निस्किएका बेला थप्पड हानेपछि तरेललाई हिरासतमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट