sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

डोटीमा जीप दुर्घटनाः एकको मृत्यु, एक घाइते

डोटीमा जीप दुर्घटनाः एकको मृत्यु, एक घाइते

images

सुत्र न्यूज

२८ जेठ २०७८
  • 105
    SHARES
  • काठमाडौं- डोटीको दिपायल सिलगढी नगरपालिका-४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४.४५ बजे दुर्घटना भएको हो ।

    दुर्घटनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका-८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । जीप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


    प्रकाशित :जेठ २८, २०७८ शुक्रवार - ०८:४३:४६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.