नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुवहु भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।
बिहीबार सर्वोच्च अदालतले सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न परमादेश दिएको थियो ।
“नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुवहु थियो । त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए । तर, सर्वोच्चलेनै उल्टाइदियो । धन्य छौँ हामी,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।