पूर्वमन्त्रीसमेत रहेका तथा एमाले नेता प्रभु शाहले नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउने न्यायाधीशहरुलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता शाहले यस्तो बताएका हुन् ।
‘यो आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी छ ।’ उनले लेखेका छन् ।